बढ्यो सुनको मूल्य

न्युजलय १२ बैशाख २०८०, मङ्गलबार ०५:२० मा प्रकाशित

काठमाडौँ । मंगलबार (आज) सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ ।  यसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ ।