१३५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

न्युजलय ३३ असार २०७९, आइतबार १०:०५ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोरोना महामारीको तेस्रो लहर कम भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको थियो । 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।