विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएपछि नेकपा (माओवादी केन्द्र)ले उनलाई कारबाही गरेको छ ।
मेयर बगडियालाई बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेलीमा एक कार्यक्रम गर्दै पार्टी प्रवेश गराउँदै छन् ।
२०७८ फागुन १५ देखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट उनलाई निष्कासन गरेको माओवादी केन्द्र प्रदेश १ ले जनाएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि बगडिया माओवादी केन्द्रका बैठक तथा भेलामा गएका थिएनन् ।