काठमाण्डौ । भेरी अस्पतालमा नेपालगञ्जमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिम आठबीस नगरपालिका–६ का ६५ वर्षीय पुरुष रहेका बताइएको छ ।
१५ माघमा भेरी अस्पतालमा पिसीआर गरिएका उनलाई १६ गते भर्ना गरिएको थियो ।
उनको सोमबार(आज) बिहान मृत्यु भएको हो । मृतकले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।