शेयर बजार सामान्य बढ्यो

न्युजलय ७ भदौ २०७९, मङ्गलबार ०९:१५ मा प्रकाशित

काठमाण्डौ । शेयर बजार मङ्गलवार(आज) भने सामान्य बढेको छ । शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ । 

आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।

यस्तै दुई सय २२ वटा कम्पनीको ४० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज रुरु हाइड्रो पावर, मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।