प्रेमिकाको हत्या गरी संखुवासभाका अनिसले गरे आत्महत्या

न्युजलय २३ पुस २०७८, शुक्रबार ०४:२९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको कपनमा २५ वर्षीय अनिस राईले प्रेमीका युसुना राईको हत्या गरी आत्महत्या गरेका छन्। 

महानगरीय अपराध महाशाखाका अनुसार राती प्रहरी पुग्दा युवती मृत अवस्था र युवक निकै अन्तिम अवस्थामा फेला परेका थिए। 

घटना हेर्दा युवकले प्रेमीकाको शरिरभरी चक्कु हानेका छन्। शरिरभरी निकै चोटसहित युवती मृत अवस्थामा कोठामा फेला परेकी थिइन्। छेउमैयुवक ढलेको  प्रहरीले जनाएको छ । उनको घाटीमा चक्कुले रोपेको चोट छ। आपसी झगडा हुँदा आवेसमा आई युवकले हत्या गरेको जस्तो देखिएको बताइएको छ । 

प्रहरीले युवकलाई राती नै चावहिलस्थित हेल्पीङ ह्याण्ड अस्पतालमा पुर्‍याएको थियो। अस्पतालमा पुर्‍याएपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। संखुवासभा घर भएका अनिस र खोटाङकी युसुना केहि समयपछि बिहे गर्ने योजनामा केही महिनादेखि अनिसको आफन्तको घर कपनमा लिभिङ टुगेदरमा बस्थे। उनीहरुसँग अनिसकी आमासमेत बस्थिन्। 

प्रहरीका अनुसार उनीहरु कपनमा श्रीमान् श्रीमतीको रुपमा बस्दै आएका थिए। राती १२ बजे एक्कासी कोठामा ड्याङ डुङ आवाज आएपछि आमाले थाहा पाएकी थिइन्। आमा उठेर ढोका खोल्न लगाउँदा नखुलेपछि उनले यताउता हल्ला गरेकी थिइन्। छरछिमेकी आएर ढोका फोरेर हेर्दा युवती मृत भेटिएकी थिइन्।