♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समयमा सहयोग नमिल्नाले काम समयमा सम्पन्न नहुन सक्छ। विद्यार्थीहरूले पढाइमा अझ मेहनत गर्नुपर्नेछ। तर छरछिमेकीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्ने अवसर मिल्नेछ।
👉 शुभ रंग: कलेजी | शुभ अंक: १
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक सम्पर्क बढ्नेछ। प्रेम सम्बन्धमा पारिवारिक सहमति प्राप्त हुन सक्छ। योजनाहरू गोप्य राख्नुस्, नभए हानि नोक्सानी हुने खतरा। खर्च बढ्नेछ।
👉 शुभ रंग: गुलाबी | शुभ अंक: ९
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
घरमा अतिथिको आगमनले मन प्रसन्न हुनेछ। बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। सोचविचार गरेर मात्र निर्णय लिनुहोला।
👉 शुभ रंग: निलो | शुभ अंक: २
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निजी काममा अरूको हस्तक्षेपले मन खिन्न हुन सक्छ। धार्मिक यात्राको सम्भावना छ। आयस्रोत बढ्नेछ। भाइबहिनी वा कान्छाबाट सहयोग पाइने दिन।
👉 शुभ रंग: सेतो | शुभ अंक: ८
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरपरिवारमा भइरहेको मनमुटाव सुल्झिने सम्भावना छ। सहकर्मीहरूले तपाईंको प्रगति देखेर ईर्ष्या गर्न सक्छन्। साहित्य वा कलामा सफलता मिल्ने दिन।
👉 शुभ रंग: सिन्दुरी | शुभ अंक: ३
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा अनावश्यक भागदौड रहला। लेनदेनमा पारदर्शिता आवश्यक छ। व्यापारमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्ने समय।
👉 शुभ रंग: हरियो | शुभ अंक: ४
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
इष्टमित्रको सहयोगले आर्थिक समस्या समाधान हुनेछ। कार्यस्थलमा धैर्य राखे सफलता पाउनुहुनेछ। अध्यात्म वा सांस्कृतिक कार्यक्रममा सहभागी भई आत्मशान्ति मिल्नेछ।
👉 शुभ रंग: निलो | शुभ अंक: ७
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फजुल खर्च बढ्न सक्छ, बच्नुस्। योग्यताको उचित मूल्यांकन हुनेछ। कला वा चलचित्र क्षेत्रमा लागेकाहरूलाई सम्मान प्राप्त हुनेछ। घरायसी कारणले यात्रा स्थगित हुनसक्छ।
👉 शुभ रंग: रातो | शुभ अंक: ५
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यवसायमा नयाँ अनुबन्धका अवसर आउन सक्छन्। प्रेम सम्बन्धमा बाहिरी हस्तक्षेपले मन खिन्न हुन सक्छ। अध्ययनमा अनुभवी व्यक्तिको साथ लाभदायी हुनेछ।
👉 शुभ रंग: आकाशे निलो | शुभ अंक: ६
♑ मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पुरानो रोग निको हुने संकेत छ। प्रभावशाली व्यक्तित्व विकास गर्ने मौका। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। बुद्धिको प्रयोग गरेर काम गर्नु उपयुक्त हुनेछ।
👉 शुभ रंग: खैरो | शुभ अंक: ५
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफन्तको भावनाको कदर गर्नुहोस्। काममा मनअनुरूप परिणाम नआउनाले निराशा हुन सक्छ। स्वास्थ्यमा लापरबाही नगर्नुहोस्।
👉 शुभ रंग: सेतो | शुभ अंक: ७
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अरूको कुरा सुनेर व्यापारमा निर्णय नगर्नुहोस्। नयाँ योजनामा वित्तीय सहयोग प्राप्त हुनेछ। सम्पर्कको दायरा बढ्नेछ। जीवनसाथीको सहयोग व्यवसायमा उपयोगी हुनेछ।
👉 शुभ रंग: सुन्तला | शुभ अंक: १