काठमाडौ मेयरकी उम्मेदवार रन्जु दर्शनाले इन्गेज्मेन्ट गरिन्

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०२:०२ मा प्रकाशित

काठमाडौं । युवा नेतृ रन्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन् । किशोर कुईंकेल (किसु) सँग इन्गेज्मेन्ट गरेको उनले फेसबुकमार्फत् जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘आज देखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं। तपाईहरुको आशीर्वाद र शुभकामनाको लागि हृदय देखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु। मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

२०७४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरमा मेयरकी उम्मेदवारसमेत बनेकी रन्जु नेपाली राजनीतिमा उदीयमान नेत्री हुन् ।