नेपाली समाज बेलायतको अध्यक्षमा कमल राईको उम्मेदवारी घोषणा

न्युजलय २१ पुस २०७८, बुधबार ०४:२९ मा प्रकाशित

लन्डन । नेपाली समाज बेलायतको अध्यक्षमा कमल प्रसाद राईले उम्मेदवारी घोषणा गरेका छन् ।

२ जनवरी आइतबार बसेको नेपाली समाजको बैठकमा सात बुँदे घोषणापत्र जारी गर्दै राईले अध्यक्ष पदको उम्मेदवार घोषणा गरेका हुन् ।

बैठकका सह(अध्यक्ष रहेका उनले आगामी फेब्रुअरी १३ मा हुन लागेको नेपाली समाज बेलायतको महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेदवारी उल्लेख गर्दै प्रतिबद्दताहरु प्रतुत गरेका हुन् ।

उक्त घोषणापत्र माथि सबैले आफ्नो बिचारहरु राख्ने क्रममा प्रस्तुत सबै बुँदाहरु स्वागत योग्य छन्,  यसरी पार्टीलाई चलायमान र गतिशिल बनाउने एजेन्डा  वा भिजन सहित म नेतृत्व गर्छु भनेर आउनु पार्टीको लागी राम्रो पक्ष हुँदा यसको  लागी सबैले सम्मानपूर्वक स्वागत साथै सर्बसम्मत सहमति हुन सकोस भन्ने शुभेक्षा समेत् व्यक्त भएका थिए ।

विधान समिती संयोजक तथा संगठनका सहध्यक्ष कमल प्रसाद राइज्युबाट प्रस्तुत विधान माथि गम्भिर छलफल र बहस पछी केही धाराहरुमा थपघट र परिमार्जन गरी  महाधिवेशनमा  अनुमोदन गर्ने गरी बैठकमा उपस्थित सबैले समर्थन गरी पास गरिएको थियो ।  

आउने महाधिवेशनमा बन्ने कार्य समितिमा अहिले जे जती रहेका छन् समितीमा पदाधिकारीहरु र सदस्यहरु, उहाँहरु सबैलाई मिलाएर समितिभित्र ठाउँहरु दिने, आज भन्दा अगाडि  प्रवास विशेष प्रदेश समितीमा जो जती सिफारिस गरी पठाइएको छन त्यो बाहेक पदिय जिम्मेवारीपूर्वक समेटनु पर्ने साथै छेत्रीय समितीबाट र नेपालमा विभिन्न संगठनहरुमा कार्यरत ब्यक्तित्वहरु स्थानन्तर हुनु भएकाहरुलाई उपयुक्त स्थानहरुमा पदभार दिनु पर्ने बैठकले निर्देशित गरेको छ । 

जनता समाज वादी पार्टी नेपालको केन्द्रिय कार्यकारीणी सदस्य तथा प्रवास विशेष प्रदेश समिती सह(इन्चार्ज भगवान चाम्लिङको प्रमुख आतिथ्यमा भर्चुअल मार्फत बैठक सञ्चालन गरिएको थियो ।

बाल कृष्ण राइ र चन्द्र गुरुङ्को अध्क्षतामा बसेको बैठकमा नेपालका परिषद सदस्यहरु र प्रवास विशेष प्रदेश समितीका सदस्यहरुको विशेष आतिथ्यता रहेको थियो ।

अन्तमा अध्यक्ष बाल कृष्ण राइले १३ फेब्रुअरि २०२२ मा हुने महाधिवेशनको कार्य र रुप रेखा र अधयक्ष चन्द्र गुरुङ्ले १२ फेब्रुअरि २०२२ मा हुने च्यारिटी डिनरको कार्य र रुप रेखा प्रस्तुत गरेका थिए ।

उक्त बैठक महत्त्वपूर्ण   बिषयहरु माथि गहन छलफल गरी समापन भएको थियो भने यस् नेपाली समाज बेलायतका महासचिव मिलन राइले बैठकमा सहजीकरण गरेका थिए ।

१३ फेब्रुअरि २०२२ मा नेपाली समाज बेलायतको प्रथम अधिवेशन हुँदैछ । उक्त अधिवेशनमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहने र विशिष्ट अतिथिको रुपमा पार्टिका वरिष्ठ नेता तथा पूर्वमन्त्री अशोक राईको उपस्थिति रहने जनाइएको छ ।