मेस्सीसहितको पिएसजी कप डि फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो

न्युजलय १८ माघ २०७८, मङ्गलबार ०२:२९ मा प्रकाशित

एजेन्सी । मेस्सी प्रेरित पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ । 

घरेलु टोली पिएसजी निससँग सडन डेथमा ६–५ ले पराजित भएको हो । पार्क डेस प्रिन्सेसमा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

पेनाल्टीमा पिएसजीका लियोनल मेसी, केलियन एमबाप्पे,जुलियन ड्राक्सलर, मार्को भेराटीले गोल गर्दा लियन्द्रो पेरेडेस चुके ।

निसका लागि मोर्गन स्नाइडरलिन, जेन टिडीबो, युसेफ अटाल र एमिने गौरीले गोल गर्दा एन्डी डेलार्टले गोल गर्न सकेनन् । पेनाल्टी सुट आउटमा दुवै टोलीले ४-४ गोल गरेपछि खेल सडन डेथसम्म पुगेको थियो ।

सडन डेथमा पिएसजीका जुआन बेर्नाटले गोल गर्दा जाभी सिमोन्सले गोल गर्न सकेनन् । निसका इभान गेसन्ड र दन्तेले गोल गर्दै क्वाटरफाइनल यात्रा पक्का गरे ।