काठमाण्डौ । शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक जनाको मृत्यु भएको छ ।
हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगमा काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा भारतीय मुलुकका अन्दाजी १८÷२० वर्षीय रकिव अख्तर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
युवकको बिहिबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनमा परेर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको बताइएको छ । घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरेको छ ।