एमालेले चैनपुर–९ मा टुङ्ग्यायो वडाध्यक्षसहितका उमेदवार

न्युजलय २७ चैत २०७८, आइतबार १२:५३ मा प्रकाशित

संखुवासभा । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ मा एमालेले वडाध्यक्षसहितका उमेदवारको टुङ्गो लगाएको छ । 


नेकपा एमालेले सो वडामा निर्वतमान वडाध्यक्ष भरत खड्कालाई नै पुनः वडाध्यक्षको पदमा उठाएको छ । खड्का अघिल्लो स्थानीय तहको निर्वाचमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । तर, केहि महिना पहिला उनी एमालेमा प्रवेश गरेका थिए । 


यस्तै खुल्ला सदस्यमा अनिता तामाङ र विनोदमणि राईलाई उमेदवार बनाएको छ भने महिला सदस्यमा लिला कार्की (राउत) तथा दलित महिलामा कमला रम्तेललाई उमेदवार बनाएको छ ।