बुटवलमा जसपाका मेयर र उपमेयर उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

न्युजलय १७ बैशाख २०७९, शनिवार १२:५१ मा प्रकाशित

बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।


जसपाबाट मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका थिए ।

 

नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए ।