काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले २७ माघदेखि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
जसमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरिसकेको छ । त्यस्तै ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १६ हजार ८०० कित्ता सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।