मुटुरोगबाट पीडित वडाध्यक्ष यादवको निधन

न्युजलय १९ चैत २०७८, शनिवार ०२:१७ मा प्रकाशित

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको आज उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको परिवारले बताएको छ । 

 

गत फागुनमा काठमाडौँबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएको बेला बेहोस भएका थिए । उनलाई थप उपचारका लागि विराटनगर पुर्याईको र उपचारका क्रममा निधन भएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए । 


उनी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।