पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता

न्युजलय २५ फाल्गुण २०७९, बिहिबार ०८:३५ मा प्रकाशित

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ ।

सन्दीप लामिछानेले अर्धशतक बनाएका टोनी उरालाई शिकार बनाएका हुन् । यसअघि किप्लिन डोरिगा २६ रन बनाएर रनआउट भएका थिए भने सेस बाउलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए ।

आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पीएनजी लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।