एमालेबाट सुन्दरहरैँचाका केदार गुरागाईले पाए मेयरको टिकट

न्युजलय ११ बैशाख २०७९, आइतबार ०१:४७ मा प्रकाशित

सुन्दरहरैचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाको नेकपा एमालेको तर्फबाट केदार गुरागाईले टिकाट पाएका छन् । शनिबार बसेको प्रदेश कमिटिको बैठकले केदार गुरागाईले टिकट फाइनल गरेको हो ।


२०७४ सालको निर्वाचनमा समेत केदार गुरागाईले टिकट पाएका थिए । तर उनले काङ्ग्रेसका उम्मेद्वार सँग फराकिलो मतले हार बेहोरेका थिए । उनी सुन्दरहरैचामा केपी ओलीका विश्वाशिलो पात्र मानिएका हुन् । ओलीका विश्वाशिलो पात्र भएर पनि यस पटक उनले पुनः मेयर पदमा टिकट पाएको कार्यकर्ताहरुको बुझाई छ ।


मेयर पदमा प्रदेश सांसद रहेका राजकुमार ओझाको समेत उम्मेद्वारी रहेको थियो ।  


त्यस्तै मेयर पदमा सुरेन्द्रबहादुर थापा र अजम्बर राईको समेटा उम्मेद्वारी रहेको थियो । थापा र राई सुन्दरहरैचामा जनमत बटुलेका व्यक्तीहरु थिए । एमालेबाट गुरागाईले सुन्दरहरैचाको मेयर पदमा टिकट पाए सगै केही व्यक्तीहरु विभिन्न चुनावी राणनितीहरु बुन्न थालि सकेका छन् ।


एमालेकै केही व्यक्तीहरुले केदार गुरागाईलाई मेयरको लागि कमजोर व्यक्ती ठान्दै आएका छन् । गुरागाईले नेतृत्व गरेको खानेपानीको उनले अहिले सम्म साधारण सभा समेत गर्न सकेका छैनन् । उनलाई खानेपानीमा आर्थिक अनियमितता गरेको समेत आरोप लागेको छ ।