६ दिनदेखि बेपत्ता पाँचथरकी एक महिला मृत फेला

न्युजलय १७ माघ २०७८, सोमबार १२:३५ मा प्रकाशित

पाँचथर । ६ दिनदेखि बेपत्ता पाँचथरको फिदिम नगरपालिका १ की एक महिला मृत अवस्थामा फेला परेकी छन् । 


माघ ११ गतेदेखि हराइरहेकी ६८ वर्षीया सुशीला तामाङको शव फिदिम २ तालखर्कस्थित ठाडेखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

 

घरबाट निस्किएकी उनी नफर्किएको भन्दै आफन्तले माघ १२ गते नै जिल्ला प्रहरी कार्यालय पाँचथरमा खबर गरेका थिए । ५ दिनसम्म निरन्तर खोजी गर्दा आइतबार अपराह्न शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको छ ।