काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा १ हजार ३ सय ६५ मत खसेको छ ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा अघिको तथ्यांक अनुसार १३ सय ६५ मत मत खसेको बताइएको छ ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।