संखुवासभा ह्याम्बर प्रहार गरी बाबुको हत्या

न्युजलय ७ फाल्गुण २०७८, शनिवार १०:३२ मा प्रकाशित

संखुवासभा । सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै छोराले हत्या गरेका छन् । 

संखुवासभाका प्रहरीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।