सुनचाँदीको मूल्य बढ्यो

न्युजलय २६ माघ २०८०, शुक्रबार ०६:५९ मा प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । 

शुक्रबार(आज) तोलामा १०० रूपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ४९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।