झापा । हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर– १३ चारआलीका ७१ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सोमबार(आज) बिहान जंगली हात्ती धपाउने क्रममा कार्कीलाई हात्तीले कुल्चिएर घाइते बनाएको बताइएको छ ।
हात्तीले कुल्चँदा उनको भित्री शरीरमा चोट लाग्नुका साथै बायाँखुट्टा भाँचिएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।