छाडा गीत नबनाउन लोकदोहारी प्रतिष्ठानले गर्यो आग्रह

न्युजलय १३ असार २०७९, सोमबार ०८:०६ मा प्रकाशित

काठमाडौं । तीजको गीतमा द्विअर्थी र अपाच्य शब्द प्रयोग नगर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गरेको छ ।

सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका गीत सार्वजनिक गरिएमा प्रतिष्ठानले सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने चेतावनी दिएको छ । ‘संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाटसमेत वञ्चित गरिनेछ’, प्रतिष्ठानका अध्यक्ष रमेश बीजीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

अघिल्ला वर्षहरूमा सार्वजनिक भएका तीज गीत मौलिकताको नाममा छाडा हुँदै गएको भन्दै प्रतिष्ठानले त्यस्तो नगर्न आग्रह गरेको हो ।