विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने

न्युजलय ११ जेठ २०७९, बुधबार ०१:३८ मा प्रकाशित

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।


निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईने छ । ’

 

लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।