उदयपुरगढीमा आगलागी हुँदा ७ घर जले नष्ट, एक जनाको मृत्यु

न्युजलय १४ चैत २०७८, सोमबार ०१:०५ मा प्रकाशित

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा आइतबार आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् ।  

 

दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो ।


आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको हो ।


आगलागीबाट सात घर जलेर नष्ट भएसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए ।