पल शाह प्रकरण : पीडित नाबालिगले फेरिन् बयान

न्युजलय ५ बैशाख २०७९, सोमबार १२:०४ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा पीडितले बयान फेरेकी छन् । 


पलमाथि बलात्कार आरोप लगाएकी नाबालिगले आफूलाई बलात्कार नगरेको बयान जिल्ला अदालत तनहुँमा दिएकी हुन् । 

 

चैत १० गते जिल्ला अदालत तनहुँ र चैत २३ गते जिल्ला अदालत नवलपुरले पललाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । नाबालिगले आफू अरूको उक्साहटमा आएर उजुरी दिएको स्रोतले बताएको छ । 


अहिले थुनछेक आदेशपछि तनहुँ अदालतले बकपत्र गराइरहेको छ ।

 

२०७८ वैशाख १४ गते बलात्कार गरेको भन्दै फागुनको पहिलो साता तनहुँमा नाबालिगले पलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । पल आफैं फागुन १५ गते जिल्ला प्रहरी परिसर तनहुँ पुगेका थिए ।