ठमेलमा अनलाइन जुवा खेलाएको आरोपमा चिनियाँसहित ४ जना पक्राउ

न्युजलय १२ साउन २०७९, बिहिबार ०६:२५ मा प्रकाशित

काठमाडौं । विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाएको आरोपमा ठमेलबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एक चिनियाँ र अरु नेपाली हुन् । प्रहरीले ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेल सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।