नेप्से परिसूचक २८.३१ अंकले घट्यो

न्युजलय २६ चैत २०७९, आइतबार ०९:२३ मा प्रकाशित

काठमाण्डौ । आइतबार(आज) नेप्से परिसूचक २८.३१ अंकले घटेको छ। आज  नेप्से १.५२ प्रतिशतले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँ पुगेको छ।

यस दिन २६८ वटा धितोपत्रको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको हो। आइतबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ।