काठमाडौं । शुक्रवार नेप्सेमा हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ७६ दशमलव ३३ रुपैयाँ देखि २२८ दशमलव ९९ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको ९ लाख कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको १३ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको ८७ लाख कित्ता गरेर कुल १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।