काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्राणाली छैन। बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ।