सखुवाको काठसहित पाँचथरबाट दुईजना पक्राउ

न्युजलय २८ पुस २०७८, बुधबार ०६:३९ मा प्रकाशित

फिदिम । पाँचथर प्रहरीले १५३ थान सखुवाको काठसहित दुईजनालाई पक्राउ गरेको छ । 

फिदिम नगरपालिका–१० पच्चिसेस्थित मे १ त ३६३३ नम्बरको ट्याक्टरमा लोड गरी राखेको ७५.५ क्युफिट चिरान काठसहित चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्याक्टर चालक फिदिम–३ लालिखर्क बस्ने ३० वर्षीय धनजित राई र सहचालक कुम्मायक गाउँपालिका–२ यासोक बस्ने १९ वर्षीय बिनय लावतीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

काठसहित राई र लावतीलाई डिभिजन बन कार्यालय पाँचथमार बुझाइएको छ ।