सुनचाँदीको मूल्यमा वृद्धि

न्युजलय ७ चैत २०७९, मङ्गलबार ०५:०७ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो । 

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो । जुन, आज १३ सय ४० रुपैयाँ पुगेको हो ।