भोजपुर । भोजपुरको आमचोक गाउँपालिका १० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक र सोही बन्दुकको ७ राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोलीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।