१२.८१ अंकले घट्यो नेप्से

न्युजलय २ कार्तिक २०७९, बुधबार ०९:२७ मा प्रकाशित

काठमाण्डौ । बुधबार नेप्से परिसूचक १२.८१ अंकले घटेको छ।

आज नेप्से ०.६९ प्रतिशतले घटेर १८४५.५१ बिन्दुमा पुगेर बन्द भएको छ। आज  अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ।