देशभर आज थप १११ जनामा कोरोना पुष्टि

न्युजलय १६ फाल्गुण २०७८, सोमबार १२:४४ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।


गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन्।


हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।