उदयपुर । उदयपुर प्रहरीले चोरी मुद्दामा फरार रहेका दुई जनाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ का २४ वर्षीय कलाम महमद र २५ वर्षीय अहमद कलामुदिन रहेका छन्।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
उनीहरुलाई चोरी मुद्दामा जिल्ला अदालतले ११ महिना चार दिनको कैद र जनही १०(१० हजार जरिवानाको फैसला सुनाएको थियो। दुबै जनालाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाईएको बताइएको छ ।