इटहरी । एमाले सुनसरीको ७ औँ जिल्ला अधिवेशन अन्तर्गत जारी मतदानमा ५ सय बढी मत खसेको छ ।
निर्वाचन अधिकृतिले मतपत्रमा हस्ताक्षर गर्न ढिलाई गरेका कारण साढे १२ मात्रै सुनसरीमा नेतृत्व चयनका लागि मतदान सुरु भएको थियो । ११ वटा बुथमा अहिले मतदान भइहरेको छ ।
४ प्रकारका ५ वटा मतपत्र व्यवस्था गरिएका कारण मतदानमा ढिलाई हुने गरेको छ । पदाधिकारी, भूगोल, क्लास्टर र खुल्ला सदस्यका लागि दुई वटा मतपत्रको व्यवस्था गरिएको कारण एकै जना मतदातलाई १५ मिनेट देखि २० मिनेटसम्म समय लाग्ने गरेको छ ।
तर ११ वटा वुथको व्यवस्था भएका कारण केहि सहज भएको एमाले सुनसरीले जानकारी दिएको छ । सचिव र अन्य विभिन्न पदमा १६ जना निरविरोध भएका छन् । अध्यक्षमा तिन जना, उप सचिवमा ८ जना र अन्य पदका लागि पनि आकांक्षिको संख्या अधिक रहेको छ ।