विराटनगर । कोरोना भाइरसको ओम्रिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै विराटनगरस्थित रानी नाकामा स्क्रिनिङ सुरु गरिएको छ ।
विराटनगर भन्सार कार्यालयले मालवस्तु लिएर आउने मालवाहक सवारीका चालक तथा सहयोगीको स्क्रिनिङ सुरु गरेको हो ।
कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीका चालक तथा सहचालक र सहयोगीको स्क्रिनिङ सुरु गरिएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार नेपाल प्रवेश गर्ने सबै नागरिकको स्क्रिनिङको काम सुरु गरिएको छ । भन्सार क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्डबिना हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको छ ।