काठमाडौं । नागढुङ्गाबाट अवैध लागूऔषध एम्पुलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत अररिया जोगबनी हरिपुर १३ का ४४ वर्षीय मोहमन जबिर चार सय ५० एम्पुलसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट एक सय ५० एम्पुल डाईजेपाम, एक सय ५० एम्पुल फेनारगन र एक सय ५० एम्पुल नुर्फिन बरामद गरिएको छ ।
मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ०२ ०३ ००१ ख ३३९३ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो ।