नेप्सेमा २३.३९ अंकको वृद्धि

न्युजलय ३ जेठ २०८०, बुधबार ०९:१७ मा प्रकाशित

काठमाडौँ  । बुधबार(आज) नेप्से परिसूचक २३.३९ अंकले बढेको छ। आज नेप्से १.२८ प्रतिशतले बढेर १८४५.०१ बिन्दुमा पुगेको छ। 

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ पुगेको छ। 

यस दिन २६६ वटा धितोपत्रको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच भएको हो।