काठमाडौ । भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । तुइन हटाएर तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिक ड्युटी गर्न थालेको हो ।
व्यास गाउँपालिका वडा नं ४ का स्थानीय एवं वडा सदस्य प्रेमसिंह धामीका अनुसार दार्चुला सदरमुकाम खलंगा बजार आवतजावत गर्न व्यासका स्थानीयले महाकाली नदीमाथि तुइन तरेर भारतीय सडकको प्रयोग गर्ने गरेका थिए् । नेपालतर्फ राम्रो सडक नहुँदा भारतीय बाटो प्रयोग गर्न स्थानीय बाध्य छन् ।
मलघट्टेको पुल निर्माण सम्पन्न भएकाले जनताको सहजताका लागि सञ्चालनमा ल्याइनुपर्ने उनको भनाइ छ ।
व्यास गाउँपालिकाको वडा नं ४ मलघट्टे र वडा नं ६ को बडुगाउँमा नेपाल भारत जोड्ने झोलुंगेपुलको निर्माण कार्य सम्पन्न भएको छ ।