जापान पुगेर प्रचण्डले बोले झुट

न्युजलय २१ साउन २०७९, शनिवार ०८:१४ मा प्रकाशित

 काठमाण्डौ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झूट बोलेका छन् ।

जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जापानको स्वर्गीय पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग नेपालमा भ्रमणका बेला कुराकानी गरेको भन्दै झूट बोलेका हुन् ।

उनले जापानका पूर्वप्रधानमन्त्री आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए । त्यसबैला उनले ‘उहाँ नेपाल भ्रमण गर्दा दुई तीन पटक कुराकानी भएको थियो’ भन्‍दै झूट बेलाका हुन् ।

नेपालस्थित जापानी राजदूतावासका अनुसार आबे नेपाल भ्रमणमा आएका थिएनन् । नेपालमा सन् २००० मा जापानका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए ।

सोही वर्षको अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । त्यसयता जापानी प्रधानमन्त्री नेपाल आएका छैनन् ।