काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको विषयमा गृह मन्त्रालयले उनीहरुलाई अहिले छाड्न नसक्ने संकेत गरेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहितको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पक्राउ परेका न्यौपानेसहित ११ जना बैंकर्सलाई छाड्न आग्रह गरेको थियो । तर, गृहमन्त्री श्रेष्ठले नछाड्ने संकते गरेको छलफलमा सहभागिले जानकरी दिए ।
बैंकर्स संघको पूर्ण बैठक बसेर बैंकर्स पक्राउ परेको विषयमा छलफल गरेको थियो ।