जेठ १ देखि शनिबार र आइतबार बिदा

न्युजलय १४ बैशाख २०७९, बुधबार ०८:२७ मा प्रकाशित

काठमाडौं । सरकारले जेठ १ गते शनिबार र आइतबार बिदा दिने भएको छ । 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको यो निर्णयका बारेमा जानकारी गराएका हुन् ।

हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने बताइएको छ ।