थप १० जनामा कोरोना पुष्टि

न्युजलय ९ जेठ २०७९, सोमबार १०:४० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना कोराना संक्रमित थपिएका छन् । दुईहजार ७६८ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।  

आज १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।