काठमाडौं । देशका विभिन्न भागमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदुषण बढेको छ।
वातावरण विभागका अनुसार मंगलबार(आज) दिउँसो सबैभन्दा धेरै वायु प्रदुषण पोखरामा छ। त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २१७ भने सिमरामा १७८ र भरतपुरमा १६३ छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ छ। हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमा चौंथो नम्बरमा परेको छ।
वातावरण विभागले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताएको छ ।