इटहरी । राष्ट्रिय युवा संघ नेपाल रामधुनी नगर ६ र ७ नम्बर वडा कमिटीको संयुक्त वडा कमिटि घोषणा, सपथ ग्रहण तथा युथ फोर्स बिभाग घोषणा कार्यक्रम आज सम्पन्न भएको छ ।
उक्त कार्यक्रम संघका केन्द्रिय सचिवालय सदस्य क.अरूण गुरूङको प्रमुख आतिथ्यतामा र क.जिल्ला अध्यक्ष क.सुजन लामाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा युथ फोर्स बिभाग प्रमुख क.रोसन सिङ लामा, संघका जिल्ला कमिटि सदस्य क. सम्भु ठटाल, इटहरी नगर प्रचार प्रमुख क. मनोज अधिकार, इटहरी ५ न. वडा इन्चार्ज क. अनिल तामाङ लगायतको उपस्थिति रहेको थियो ।
नब गठित दुबै कमिटिका सदस्य तथा पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।