आज दर खाने दिन

न्युजलय १३ भदौ २०७९, सोमबार ०१:५९ मा प्रकाशित

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन सोमबार दर खाइँदै छ । टाढाटाढा रहेका चेलबेटी माइतीघरमा भेला भएसँगै तीजको अघिल्लो रात खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही दूध मिठाई, फलफूललगायतका मिठा परिकारको दर खाने चलन छ । 

भोलिपल्ट निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई तागत दिने खालका परिकार बनाएर दर खाने चलन रहेको हो ।

हरितालिका तीजका बेला पानी पनि नखाई व्रत बस्ने र त्यस दिन महिलाले नाचगान पनि गर्ने गर्छन् । त्यसैले, शक्ति आवश्यक हुने भएकाले गुलिया र शरीरमा पूर्ति दिने खालका वस्तु सेवन गरिन्छ । कतै कतै साँझमा अन्य चिज नखाई दर खाने प्रचलन छ भने कति ठाउँमा पहिले खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । दर पकाउन महिलालाई श्रीमान, दाजुभाइ, छोराले पनि सहयोग गर्ने र रातको समयमा नाचगान गर्दै रमाइलो गर्ने परम्परा पनि यथावतै छ ।

दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु नखान र अत्याधिक पनि नखान चिकित्सकले सुझाव दिएका छन् । आप्mनै घरमा बन्ने खिर, हलुवालगायतका खाद्यवस्तु उपयुक्त भएको भन्दै बाहिर बेच्न राखिएका खानेकुरा नखान चिकित्सकहरुको सुझाव छ ।