नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द, एक–एक अंक बाँडियो

न्युजलय ३० जेठ २०८१, बुधबार १२:३७ मा प्रकाशित

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । 


अमेरिकाको लाउडरहिलमा हुनुपर्ने खेल वर्षाका कारण टससमेत हुन नसकेर रद्द भएको हो । 


खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । यो खेल रद्द भएपछि दुवै टिमले एक एक अंक हासिल गरेका हुन् । 


अब नेपालले सुपर एटमा प्रवेश गर्न खेल्न बाँकी दुवै खेल जित्नुपर्नेछ । 


श्रीलंकाले यसअघिका दुवै खेल हारिसकेकाले सुपर एट सम्भावनाबाट बाहिरिएको छ । 


३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुग्ने जारी विश्वकपकै पहिलो टिम बनेको छ । २ खेलबाट २ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने २ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 


नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । 


नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ ।