स्रोत नखुलेको १ करोड ५० लाख रुपैयाँसहित दुई जना पक्राउ

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०२:३७ मा प्रकाशित

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको १ करोड ५० लाख रुपैयाँ रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी अपराध महाशाखा कालिमाटीबाट खटिएको प्रहरी टोलीले १ करोड ५० लाख रुपैयाँ रकमसहित एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ परेनमा अमित अग्रवाल र बिक्की खड्गी रहेका छन् ।